सहकारी क्षेत्रमा देखिएका विकृति र अनियमितताको निराकरण गर्न विधेयक ल्याइएको होः मन्त्री अधिकारी

स्वर्णिम खबर
२८ फाल्गुन २०८१, बुधबार १७:२१

२८ फागुन, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका विकृति र अनियमितताको निराकरण गर्न ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८१’ ल्याइएको दाबी गर्नुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरुले विरोधको सूचना राखेपछि जवाफ दिँदै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले प्रचलित कानूनमा आवश्यक संशोधन गरी सहकारी वचतकर्ताको वचत फिर्ता गर्न र बचत सुरक्षा गर्न विधेयकले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । उहाँले विधेयकले तीन तहको सरकारबीच समन्वय र सहकार्य गरी सबै सहकारीमा सबै वर्गको सहभागिता बढाउने जिकिर गर्नुभयो ।
उहाँले सहकारी क्षेत्रलाई पारदर्शी र प्रभावकारी बनाउन उक्त विधेयक सहयोगि हुने बताउनु भयो ।

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु