गाउपालिकाको लगानीमा विद्यार्थीहरुको लागी आवशिय क्षात्रवासको व्यवस्था

२८ फागुन, हेटौँडा । कैलाश गाउपालिकाले एसईई दिने विद्यार्थीहरुको लागी आवशीय क्षात्रवासको व्यवस्था गरेको छ ।
गाउपालिकाको लगानीमा आफ्नो पालिकाबाट एसईई परिक्षाको लागी सहभागी हुने १४९ जना नियमित र ६७ जना ग्रेड बृद्धिका लागी सहभागि हुने २१६ जना विद्यार्थीहरुको लागी खाना तथा बस्ने व्यवस्था गरेको हो । विकट क्षेत्रका विद्यार्थीहरुलाई मध्येनजर गर्दै पालिकाले लगानीमा छात्रावासको व्यवस्था गरेको पालिकाका शिक्षा अधिकृत समिर जोशीले जानकारी दिनुभएको छ ।
पालिकामा पहिलो पटक एसईईको सेन्टर परेको कारणले विद्यार्थीहरुको सहजताकोलागी आवशिय क्षत्रावास आयोजना गरेको जोशीले बताउनुभयो । यहि चैत्र ७ गते देखि सुरु हुने एसईई परिक्षाको लागी कैलास गाउपालिकाको वडा नं. ९ मा रहेको श्री कालिका माध्यमिक विद्यालयलाई परिक्षाको सेन्टर तोकिएको छ ।