राजावादी सक्रिय हुनुमा स्वदेशी र विदेशी चलखेल मिसिएको छः अध्यक्ष दाहाल

स्वर्णिम खबर
२७ फाल्गुन २०८१, मंगलवार १४:४७

२७ फागुन, काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादी सक्रिय हुनुको पछाडि सरकारको शासकीय शैली र त्यसबाट उत्पन्न भएको असन्तोष रहेको टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले राजावादीहरु सक्रिय हुनुको पछाडि संगठित प्रयास रहेको आशंका व्यक्त गर्नुभयो । उहाँले व्यवस्था उल्ट्याउनका लागि देशभित्र र देशबाहिरका चलखेलहरु समेत मिसिएको बताउनु भयो । उहाँले नेपालमा शान्ती प्रक्रिया मात्र नभई गणतन्त्रणको इतिहास समेत मौलिक र उदार रहेको बताउनु भयो ।
उहाँले पूर्वराजाको सुरक्षासहित ल्याइएको गणतन्त्रमाथि प्रहार गर्न खोजिए अबको क्रान्ती निकै निर्मम हुने समेत चेतावनी दिनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु