स्वास्थ्य क्षेत्रको विकासले प्रदेश सरकारको औचित्यलाई पुष्टि गरेको छः मुख्यमन्त्री लामा

मनिल महतो
२७ फाल्गुन २०८१, मंगलवार १४:०६

२७ फागुन, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सरकार स्थापना भएपछि हेटौंडा अस्पतालको सेवा सुविधा बढ्दै गएको बताउनुभएको छ ।
प्रदेश सरकारको औचित्यलाई स्वास्थ्य क्षेत्रमा भएको विकासले पुष्टि गरेको उहाँको भनाई छ । मंगलबार हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवाको शुभारम्भ गर्दै मुख्यमन्त्री लामाले मुख्यमन्त्री लामाले प्रदेश सरकार मातहात आएकै कारण १३ वटै जिल्लाका अस्पतालको अवस्थामा सुधार हुँदै गएको बताउनुभयो ।
मुख्यमन्त्री लामाले हेटौडामा नै क्याथ ल्याब समेत सञ्चालनमा ल्याएर मुटुको अप्रेशन सेवा बिस्तारको लागि प्रदेश सरकारले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । हेटौंडामै मुटुको अपरेशन हुन सके प्रदेशकै ठुलो सफलता हुने उहाँको धारणा छ । मुख्यमन्त्री लामाले स्वास्थ्य क्षेत्रहरुमा राजनीति धेरै गर्न नहुने बताउनुभयो । २० प्रतिशत राजनीति गरेर बाँकी काम गर्नुपर्ने उहाँको भनाई छ ।


त्यसैगरी स्वास्थ्य मन्त्री किरण थापाले संघीयता लागु भएपछि विशेष गरी स्वास्थ्य, शिक्षा क्षेत्रले ठुलो फड्को मारेको बताउनुभयो । मन्त्री थापाले हेटौंडा अस्पतालको स्तरोन्नतिको लागि प्रदेश सरकारले थप मेडिकल उपकरण समेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । जनशक्तिको अभावमा कतिपय ठाउँमा आधारभुत अस्पतालहरु सञ्चालन हुन नसकिरहेको उल्लेख गर्दै मन्त्री थापाले दूर चिकित्सा सेवा (टेलिमेडिसिन) मार्फत उपचार पद्धति सुरु गर्ने अभियानलाई अगाडि बढाउने बताउनुभयो ।
टिचिङ कार्डियो मनमोहन भास्कुलरमा अध्ययन गर्नुभएका मुटु रोग विशेषज्ञ डा. विकेश श्रेष्ठबाट हेटौंडामा दैनिक रुपमा मुटु जाँच सेवा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले बताउनुभयो । क्याथ ल्याबको अभावले गर्दा अप्रेशन बाहेकका सबै मुटुको उपचार सेवा इसिजि, इको, टीएमटी, हल्टर, एविपी जस्ता परीक्षण हेटौडाबाटै हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु