सरकारले उद्यमशीलतालाई प्राथमिकतामा राखेर काम गरिरहेको छः प्रधानमन्त्री ओली

स्वर्णिम खबर
२६ फाल्गुन २०८१, सोमबार १५:१७

२६ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आन्तरिक रोजगारीको सिर्जना गर्न सरकारले उद्यमशीलतालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ ।
सोमवार काठमाडौंमा आयोजित श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले नीति तथा कार्यक्रममै रोजगारी प्रवद्र्धन दशक घोषणा गरेको उल्लेख गर्दै यो लगानी र रोजगारी अभिवृद्धि दशक हुने बताउनुभयो । उहाँले सन् २०३० सम्ममा उद्यमशीलता र आधुनिकीकरणमार्फत सोचेभन्दा बढी रोजगारीका अवसर सिर्जना गर्न सकिने उल्लेख गर्नुभयो ।
नेपालमा काम अनुसारको पारिश्रमिक नपाउँदा श्रमिकहरु विदेशी गइरहेका कारण श्रम बजार र पारिश्रमिकबीच सन्तुलन कायम गर्नु आजको आवश्यकता रहेको उहाँको भनाई छ ।

प्रधानमन्त्री ओलीले सरकार फलाम र तेल खानीको उत्खनन गर्ने तयारीमा रहेको समेत बताउनु भयो । उहाँले फलाम खानीमार्फत नेपाललाई स्टिल र फलामजन्य धातुमा आत्मनिर्भर बनाउन सकिने उल्लेख गर्नुभयो । उहाँले श्रम पलायन रोक्दै मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको समेत बताउनुभयो ।
काम गरेर जीविका चलाउने स्थिति नभएका कारण श्रमिक पलायन बढिरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु