सञ्चारकर्मीको कलम नलेखिनुपर्ने ठाउँमा लेखिने र लेखिनुपर्ने ठाउँमा नलेखिने गरेको छः प्रजिअ श्रेष्ठ

२५ फागुन, हेटौँडा । मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सुशासन कायम राख्न प्रहरी र प्रशासनसँगै पत्रकारको पनि उत्तिकै दायित्व रहेको बताउनुभएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको पत्रकारसंगको भेटघाट कार्यक्रममा उहाँले प्रहरी र प्रशासनले मात्र सभ्य समाज निर्माण गर्न नसकिने बताउनुभयो ।
समाजलाई सुरक्षित र परिवर्तन गराउन सबै पक्षबिच समन्वय र सहकार्य गर्दै अगाडी बढ्न जरुरी रहको उहाँको भनाई छ । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सेवा प्रवाह गर्ने निकायलाई प्रभावकारी बनाउन र शान्ति सुरक्षा कायम राख्न आफू प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो ।
सुशासन कायम गर्न समाजमा हुने सम्पूर्ण अपराधिक क्रियाकलापमा प्रशासनले शुन्य सहनशीलताको नीति अवलम्बन गर्ने उहाँको भनाई छ ।
यसैगरी प्रमुख जिल्ला अधिकारी श्रेष्ठले सञ्चारकर्मीहरुको कलम नलेखिनुपर्ने ठाउँमा लेखिने र लेखिनुपर्ने ठाउँमा नलेखिने प्रवृत्ति देखापरेको बताउनुभयो । उहाँले सत्य तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह समेत गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पत्रकार जति सक्रिय भयो उती नै कर्मचारीतन्त्र गतिशिल हुने भएकाले सामाजिक उत्तरदायित्व वहन गर्दै पत्रकारिता गर्न आग्रह गर्नुभयो । राज्यको चौंथो अंगका रुपमा रहेको पत्रकारिता मार्फत् तीनवटै निकाय कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई सही मार्गनिर्देश गर्न जरुरी रहेको उहाँको धारणा छ ।
जनतालाई सुरक्षाको प्रत्यक्ष अनुभुति दिलाउन प्रशासन प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भएका कमजोरीहरुलाई सुधार गर्दै अझ व्यवस्थित ढंगले आफुहरु अघि बढ्न तयार रहेको समेत उल्लेख गर्नुभयो ।
सुरक्षा अवस्था, लागूऔषध दुव्र्यसनी लगायतका विषय उठान गर्दै प्रमुख जिल्ला अधिकारीलाई सुझाव दिएका थिए ।