सामाजिक रुपान्तरणका लागी नगरस्तरीय नाटक प्रतियोगिता हुने

स्वर्णिम खबर
१६ फाल्गुन २०८१, शुक्रबार १६:०३

१६ फागुन, हेटौँडा । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले सामाजिक रुपान्तरणका लागी नगरस्तरीय नाटक प्रतियोगिता आयोजना गर्ने भएको छ ।
झलझली मल्टीक्रियसनको व्यवस्थापनमा यही फागुन १८ गतेदेखि २३ गतेसम्म ६ दिन सामाजिक रुपान्तरण तथा विकासका लागि नाटक भन्ने नाराका साथ नाटक प्रतियोगिता आयोजना गर्न लागिएको वडा कार्यालयले जनाएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यालयले प्रतियोगिता बारेमा जानकारी गराएको हो ।
४ नं. वडा भित्रका ६ वटा विद्यालयमा नाटक प्रदर्शनी गरिने ४ नम्बर वडाका वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिनुभयो । समाजमा रहेका विसंगति, विकृति, कुरीति, अन्धविश्वास, लागूऔषध दुव्र्यसनी, वालविवाह हटाउन सचेतनामूलक कार्यक्रम अन्तर्गत नगरमै पहिलो पटक विद्यालय स्तरीय सडक नाटक प्रतियोगिता आयोजना गर्न लागिएको वडा अध्यक्ष सिग्देलले बताउनुभयो ।
उहाँका अनुसार, हरेक दिन १० देखि १३ जनाको समूहले ३० मिनेटको नाटक प्रस्तुत गर्नेछन् । प्रतियोगितामा ६ वटा सामुदायिक विद्यालय, ५ वटा संस्थागत विद्यालय र एउटा बाल सञ्जाल गरि १३ वटा समूहबिच प्रतिष्पर्धा हुने बताइएको छ । प्रदर्शित नाटकहरु मध्ये पहिलो , दोश्रो , तेश्रो हुने समूहलाई क्रमशः १५ हजार , १० हजार र ५ हजार रुपैयाँ प्रदान गरिने झलझलि मल्टीक्रियसनका आशाकाजी श्रेष्ठले बताउनुभयो ।
निर्णायक मण्डलमा सिस्नुपानी नेपाल मकवानपुरका प्रतिनिधी, नाट्यकर्मी रिता लामा र सोम लामा रहेका छन् । पुरस्कार वितरण समारोह फागुन २३ गते भूटनदेवी माध्यामिक विद्यालयमा हुने बताइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु