पहिलो पटक महिला शिक्षक भलिवल प्रतियोगिता आयोजना हुने

स्वर्णिम खबर
१५ फाल्गुन २०८१, बिहीबार १९:०९

१५ फागुन, हेटौँडा । नगरमै पहिलो पटक महिला शिक्षक भलिवल प्रतियोगिता आयोजना हुने भएको छ ।
नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौडाको आयोजनामा यही फागुन १६ र १७ गते महिला शिक्षक कर्मचारी मैत्रीपूर्ण भलिवल प्रतियोगिता आयोजना हुन लागेको हो । आधुनिक राष्ट्रिय मा.विको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा १० विद्यालयको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने नगरस्तरीय शैक्षिक समन्वय समितिका अतिरिक्त क्रियाकलाप संयोजक बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको उत्कृष्ट खेलाडी १ जनालाई ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिने छ । बिहीबार नै खेलतालिका पनि सार्वजनिक गरिएको छ ।
उद्घाटन खेल ज्याति माध्यामिक विद्यालय हर्नामाडी र सिद्धार्थ मावि बिच ह्ुनेछ । प्रतियोगितामा हेटौंडा ६ का श्रीकृष्ण आधारभूत विद्यालय, वंश गोपाल मावि, भूटनदेवी मावि, चन्द्रोदय मावि, आधुनिक राष्ट्रिय मावि, त्रिभुवन मावि, प्रगति मावि, जनप्रिय मावि पनि सहभागी छन् ।
जिल्ला भलिवल संघको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगिता सञ्चालनका लागि ७० हजार खर्च हुने आयोजकको अनुमान छ । महिला शिक्षकलाई हेर्ने नजर परिवर्तनका साथै सहभागी विद्यालयबिच सम्बन्ध सुमधुर बनाउन प्रतियोगिता आयोजना गरिएको नगरस्तरीय शैक्षिक समन्वय समिति अध्यक्ष भोगेन्द्र लुँइटेलले बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु