गोली लोड भएको अटो पेस्तोल सहित दुई भारतीय नागरिक पक्राउ

१२ फागुन, हेटौँडा । मकवानपुर प्रहरीले गोली लोड भएको अत्याधुननिक अटो पेस्तोल सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरी चौकी रातोमाटे र अस्थाई प्रहरी पोष्ट हरियालीबाट खटिएको संयुक्त प्रहरी टोलीले गौरबाट चितवन जाँदै गरेको ना ख ८७७३ नम्बरको बस हेटौंडा १५ रातोमाटेमा चेकजाँच गर्नेक्रममा १ राउण्ड गोली सहितको नाइन एमएमको अटो पेस्तोल र त्यसमा प्रयोग हुने थप दुई थान गोली बरामद गरेको हो ।
प्रहरीले विशेष सुराकीको आधारमा अत्याधुनिक पेस्तोल सहित भारत बिहार सिहुहर जिल्ला धनहराग्राम बस्ने वर्ष २२ का धिरज कुमार र मोतिहारी जिल्ला बहरी बस्ने दिपक कुमारलाई पक्राउ गरेको मकवानपुरका प्रहरी प्रमुख विश्वराज खड्काले जानकारी दिनुभयो । प्रहरी उपरीक्षक खड्काले प्रारम्भिक अनुसन्धानबाट हेटौंडामा कसैलाई दिनेगरी ल्याएको भन्ने जानकारीमा नआएको बताउनुभयो ।
यस विषयमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको समेत उहाँले बताउनुभयो । अपराधिक क्रियाकलाप हुने स्थानमा यसअघि पनि हातहतियार किनबेच हुने गरेको प्रहरी उपरीक्षक खड्कको भनाइ छ ।