एक श्रष्टा सहित सात नवसर्जक सम्मानित

१० फागुन, हेटौँडा । दोस्रो राष्ट्रिय नवसर्जक उत्सब एबम् प्रथम केन्द्रीय अधिबेशनका अवसरमा एक श्रष्टा सहित सातै प्रदेशका सात नवसर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।
१५ हजार ५ सय ५५ राशीको लोकनाथ न्यौपाने स्मृति बालबाङ्मय सम्मान २०८१ प्राध्यापक डाक्टर चुडामणी बन्धुलाई प्रदान गरिएको छ । यस्तै सातहजार सातसय सतहत्तर राशीको योगहरि पौडेल स्मृती नवसर्जक प्रतिभा सम्मान २०८१ कोशी प्रदेशका चिन्तामणि निरौलालाई प्रदान गरिएको छ ।
शिब साबित्री स्मृति नबसर्जक प्रतिभा सम्मान मधेश प्रदेशका सरोज शाहा र टिका ईश्वरी स्मृति नवसर्जक प्रतिभा सम्मान बागमती प्रदेशका केशव घिमीरेलाई प्रदान गरिएको छ । यसैगरी गण्डकी प्रदेशका रोशन तिमल्सिनालाई गुरु बहादुर विष्णु पाण्डे स्मृति नव सर्जक सम्मान प्रदान गरिएको छ । लुम्बिनी प्रदेशकी निशा पाण्डेलाई सकु्न्तला ढुंगेल स्मृति नव सर्जक पुरस्कार प्रदान गरिएको छ ।
यस्तै कर्णाली प्रदेशका शिवराज शाही कृष्णहरि लामिछाने स्मृति नवसर्जक प्रतिभा सम्मानबाट पुरस्कृत भएका छन् । दिनेश शर्मा स्मृति नवसर्जक सम्मान २०८१ सुदुरपश्चिम प्रदेशका सुनिल बुढा कछुवालाई प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका प्रथम मुख्य मन्त्री डोरमणि पौडेलले श्रष्टासहित नव सर्जकहरुलाई एक समारोहका बीच सम्मान पुरस्कार प्रदान गर्नुभएको हो ।