नृत्य प्रतियोगितामा सेभेन स्टार समूह प्रथम हुन सफल

२१ माघ, हेटौँडा । सरस्वती पूजाको अवसरमा हेटौंडा ४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेजले नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा थारु संस्कृति झल्कने नृत्य प्रस्तूत गरेको सेभेन स्टार समूहले प्रथम हुँदै नगद ३५ हजार जित्न सफल भएको छ । द ड्रिमले दोस्रो, आर्टिस्टिक समूहले तेस्रो स्थान हासिल गर्दै क्रमशः २५ हजार र २० हजार नगद जित्न सफल भएका छन् ।
प्रतियोगितामा कुल १४ वटा समूहले प्रतियोगितामा सहभागिता जनाएका थिए । टिम नुमा फुङले प्रिन्सीपल च्वाइजमा पर्दै नगद १० हजार प्राप्त गरेको थियो । हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरन बहादुर जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रतियोगितामा उज्जवल शर्मा भण्डारी, वृशमान सुनुवार र छवी थापा मगर निर्णायक रहेका थिए । म्यानेजमेन्टले हरेक वर्ष सरस्वती पूजाका अवसरमा नृत्य प्रतियोगिता आयोजना गर्दै आएको छ ।