राष्ट्रसेवक सहकारीको २५ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्णिम खबर
२७ पुष २०८१, शनिबार १७:५२

२७ पुस, हेटौँडा । हेटौंडा २ स्थित श्री राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५ औं रजत वर्ष एवम् वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष यादविन्द्र पौडेलले संस्थाको प्रगति विवरण र प्रस्तावित कार्यक्रमहरु समेटिएको विवरण प्रस्तुत गर्नुभएको थियो ।
नेपाल निजामति कर्मचारी संगठनद्वारा सञ्चालित सहकारीले आर्थिक वर्ष २०८०÷८१ मा ९ करोड ९४ लाख ११ हजार आम्दानी गर्दा ९ करोड ४७ लाख ९७ हजार खर्च भएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । सिमेन्टको बिक्रीबाटै सहकारीले आफ्नो दैनिक कार्य सञ्चालन गर्दै आइरहेको छ ।
त्यसैगरी लेखा सुपरिवेक्षणको प्रतिवेदन पूर्णमान श्रेष्ठ, ऋण उपसमितिको प्रतिवेदन नारायणकुमार लामाले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल , संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोइराला, केन्द्रिय उपमहासचिव रामचन्द्र अधिकारी, सचिव बामदेव ओली लगायतको आतिथ्यता रहेको थियो । संगठनले हाल ६९ वटा जिल्लामा सहकारी सञ्चालन गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*