दुई दिने बागमती प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन शुक्रबार सम्पन्न
२६ पुस, हेटौँडा । बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको संयोजना आयोजना गरिएको दुई दिने बागमती प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन सम्पन्न भएको छ ।
महिलाको लगानी घर–घरमा उद्यमी भन्ने नाराका साथ बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेशस्तरीय महिला उद्यमी सम्मेलन आयोजना गरिएको थियो ।
महिला उद्यमीले उत्पादन गरेका सामग्री प्रवद्धन तथा बजारीकरण गर्ने उद्देश्यले आयोजित सम्मेलनमा मेलामा बागमती प्रदेशको १३ वटै जिल्लाका महिलाले स्थानीय श्रोत साधनको प्रयोगबाट उत्पादन गरेका हस्तकलामा सामग्री, मकैको खोस्टाको सजावटका सामग्री, अल्लोको कपडा, अचार, क्रिष्टल काठ तथा बाँसका सामग्रीहरु बिक्रि तथा प्रदर्शनीका लागी राखिएको थियो ।
निर्देशनालयको १० लाख आर्थिक सहयोगमा सम्मेलन भएको हो । महिला प्रर्वद्धनका लागि आयोजना गरिएका कार्यक्रम रिसोर्टमा आयोजना गरिएको भन्दै सहभागीले नै असन्तुष्टि जनाएका थिए ।