हाम्रो टिम सशक्त छः वाणिज्य तर्फको उपाध्यक्षको उम्मेदवार रामप्रसाद न्यौपाने

स्वर्णिम खबर
२५ पुष २०८१, बिहीबार १५:४४

मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ५८ औँ बार्षिक साधारण सभा सम्पन्न गरी ५९ वर्षमा प्रबेश गरेको छ । मकवानपुरका व्यवसायीहरुको हकहितका लागि स्थापना भएको यस संस्थाले यहाँका ब्यवसायी, राजनीतिक दल र नागरिकहरुको आस्था, भरोसा र विश्वास बटुल्दै परिपक्वता हासिल गरेको छ । ब्यवसायीहरुको, पेशागत मर्यादा र ब्यवसायिक सुरक्षाका निम्ती मकवानपुर उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । नागरिकका अधिकार रक्षाका लागि समेत यस संघको भूमिका उल्लेखनीय रहँदै आएको छ । गौरबपूर्ण ईतिहास बोकेको मकवानपुर उद्योग वाणिज्य संघको आगामी तीन बर्षे कार्यकालका लागि प्रमोद सिंह रानाभाटको टिमबाट वाणिज्य तर्फको उपाध्यक्षमा राम प्रसाद न्यौपाने चुनाबी प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँसंग मकवानपुर उद्योग वाणिज्य संघको चुनावी सन्दर्भमा केन्द्रीत रहेर गरिएको संक्षिप्त कुराकानी ।

आफ्नो जीवनको ब्यवसायिक यात्रालाई कसरी स्मरण गर्नुहुन्छ ?
म विगत २५ वर्षदेखि फर्निचर तथा फर्निसीङ ब्यवसायमा आवद्ध छु । मैले यो पेशालाई निरन्तरता दिएकै कारण अनेक आरोहअबरोह पार गर्दै सफल ब्यवसायीको भूमिकामा आफुलाई स्थापित गर्न सफल भएको छु । कोभिड, आर्थिक मन्दी जस्ता समस्यालाई झेलेर ब्यवसाय टिकाइ राख्नु चुनौती नै छ, तरपनि त्यो चुनौतीलाई सामना गर्ने सामथ्र्यकै कारण आफुलाई सफल र सक्षम ब्यवसायीको रुपमा स्थापित गरेको छु । अहिले न्यु सजावट एण्ड सप्लायर्स, सञ्चालन गरिरहेको छु । ब्यवसायिक यात्राका क्रममा मैले मेरो जीवनलाई सहज बनाउँदै लगेपछि सामाजिक क्षेत्रसंग जोड्नुपर्छ भनेर नै विभिन्न सामजिक संघसंस्थासंग जोडिएर सामाजिक काम समेत गरिरहेको छु ।

ब्यवसायिक जीवनमा लागेको मान्छे सामजिक क्षेत्रमा चाही कसरी आईपुग्नुभयो ?
मेरो पारिवारिक पृष्ठभूमी नै सामाजिक क्षेत्रसंग जोडिएको छ । बुवा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ को वडा अध्यक्ष भएर सामाजिक काम गर्नुभयो । अहिलेपनि कुष्माण्ड शरोबर त्रिबेणी धामको विकासमा लागीरहनुभएको छ । वुवाको सामाजिक क्षेत्रको सक्रीयता देखेर हामी पनि सामाजिक क्षेत्रसंग जोडिएका हौँ । म अहिले कुष्माण्ड शरोबर त्रिबेणीधामको आजिबन सदस्य छु । नेपाल रेडक्रस सोसाइटिको आजीवन सदस्य, सिन्धु समाज मकवानपुरको सदस्य भएर सामाजिक कार्य गर्दै आएको छु । लायन्स क्लब अफ बसामाडीका महासचिब पदमा रहेर काम गरीरहेको छु ।

ब्यवसायिक यात्रामा रहँदा ब्यवसायीकै नेतृत्वमा पनि आईपुग्नुभएको छ नी ?
लामो समय फर्निचर तथा फर्निसिङ ब्यवसायमा लागिरहँदा ब्यवसायीको समस्या समाधान गर्न हामीले नेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघसंग निकटता बढायौँ । यस संस्थाको केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष हुँदै केन्द्रीय अध्यक्षको जिम्मेवारी समेत सम्हाल्ने अबसर पाए । आफ्नो जिम्मेवारी कुशलता पुर्वक निर्वाह गर्नुपर्छ भन्ने मान्यताले नै मलाई ब्यवसायिक नेतृत्वमा पनि सफलता मिल्यो । मैले मकवानपुर उद्योग वाणिज्य संघमा एक कार्यकाल सदस्य भएर काम गरे । एक कार्यकाल बस्तुगत संघको उपाध्यक्ष बने । मेरो कार्यकालमा ३० वटा बस्तुगत संघलाई ३८ वटामा पु¥याईएको थियो । मैले बस्तुगत संघको नेतृत्व गर्दा बार्षिक क्यालेन्डर बनाएर कर सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरेको थिए । यसबाट ब्यवसायी साथीहरुलाई धेरै सहज भएको थियो । ब्यवसायीलाई अप्ठेरो पर्दा हामीले संस्थागत सहकार्य गरेका थियौँ । अघिल्लो कार्यकाल वाणिज्य तर्फको उपाध्यक्षमा हालका अध्यक्षका प्रत्याशी अनिल अग्रवालसंग २७ मतले उपविजेता बने । त्यतिबेला पनि धेरै ब्यवसायी मित्रहरुको ठूलो माया र साथ पाएको अनुभुती भयो । निर्वाचन हारजीत त सामान्य विषय रह्यो । तर मैले त्यतिबेला धेरै ब्यवसायीहरुको मन जीतेको रहेछु भन्ने महशुश गर्न पाए ।

तपाई कुनै समय अध्यक्षकै उम्मेद्वारका रुपमा पनि चर्चामा हुनुहुन्थ्यो नि ?
धेरै ब्यवसायी मित्रहरुको सल्लाह सुझाब चाही अध्यक्ष बन्नुपर्छ भन्ने पनि थियो । तर पुर्व अध्यक्ष ज्युहरु अग्रज, ब्यवसायीहरु र मेरा समकालिन साथीहरुसंग सल्लाह गरेपछि चाही वाणिज्य तर्फको उपाध्यक्ष बनेर मात्रै नेतृत्वमा जानुपर्छ भन्ने लाग्यो । मेरो ब्यक्तिगत कुरा भन्दापनि ब्यवसायीहरुको सुझाब अनुसार नै म अघि बढेको हुँ । नेतृत्व परिपक्व हुनुपर्छ । आफ्नो नेतृत्व क्षमता बढाउन पनि एक कार्यकाल वाणिज्य तर्फको उपाध्यक्ष बनेर काम गर्न ब्यवसायी मित्रहरुले दिनुभएको सुझाब अनुशरण गरेको हुँ ।

ब्यवसायी माझ तपाईको प्रतिबद्दता के के छन् ?
हामीले हाम्रो टिमको साझा छलफलबाट हाम्रो प्रतिबद्धता बनाएका हौँ । प्रमोद सिंह रानाभाटको नेतृत्वको प्यानलको प्रतिबद्धता बनाउँदा हामी सबैको सामुहिक छलफलबाट सक्रीय भूमिकाबाट नै बनेको हो । ब्यवसायीका पेशागत सुरक्षाका लागि हाम्रो टिम सधै तत्पर रहनेछ । ब्यवसायीको पीरमर्कामा हामी सधै संगै उभीनेछौँ । मकवानपुर उद्योग वाणिज्य संघको गौरबपुर्ण इतिहास छ । यसलाई अझ स्वर्णिम बनाउन इटा थप्ने काम हाम्रो टिमबाट हुनेछ । म यसका लागि ब्यक्तीगत रुपमा पनि अहोरात्र लाग्नेछु ।

तपाई र तपाईको टीमलाई मत दिनुपर्ने आधारहरु चाही के के छन ?
पहिलो कुरा त हाम्रो टिम सशक्त छ । हामीसंग संस्थागत नेतृत्व गरेको अनुभव छ । संस्थागत नेतृत्वमा रहँदा देखाएको ईमान्दारिता छ । मकवानपुर उद्योग वणिज्य संघका पुर्व अध्यक्ष ज्युहरुको विश्वास, भरोसा र आर्शिबाद छ । धेरै बस्तुगत संघका साथीहरुलाई टीममा समेटिएको छ । छुटेका क्षेत्रका साथीहरुलाई समेट्ने प्रतिबद्धता छ । हामीसंग ब्यवसायी साथीहरुका लागि केही गरौँ भन्ने हुटहुटी छ । संस्थाको गरिमालाई शिखरमा पु¥याउने जोश छ । साथीहरुको स्नेहले नै मैले पुर्नजीवन पनि पाएको छु । ब्यवसायी साथीहरुका लागि केही गरौँ भन्ने मेरो भावनालाई ईश्वरको पनि साथ रह्यो । यसमा धेरै खुसी लागेको छ । म लगायत मेरो टिमलाई माया सद्भाव राखेर आफ्नो अमुल्य मत दिनु म सबै ब्यवसायी साथीहरुलाई विनम्रता पुर्वक आग्रह गर्दछु ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*