जिल्ला बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न
२३ पुस, हेटौँडा । मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संघका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा भएको सभामा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । साधारण सभामा अध्यक्षको प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
कुल २३ वटा बहुउद्देश्यीय सहकारी संस्था सदस्य रहेको यस संघको कुल शेयर पूँजी १ लाख ४० हजार रहेको वार्षिक प्रगति प्रतिवेदन पुस्तिकामा उल्लेख छ ।
संघको जगेडा कोष २ लाख १३ हजार, अन्य कोषमा १ लाख ६७ हजार, बैंक मौज्दात ५ लाख ४० हजार रहेको छ । संघले सदस्य संस्थाहरुको विश्वसनियता र सदृढिकरणको लागि आवश्यकता बमोजिम तालिम, बहस, पैरवी, नियमन गर्दै आइरहेको अध्यक्ष रामहरी न्यौपानेले बताउनुभयो ।