श्रमिक सुरक्षित सहकारीको १६ औं वार्षिक साधारणसभा सम्पन्न
१३ पुस, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको श्रमिक सुरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष नवराज अर्यालको सभाध्यक्षतामा भएको साधारण सभामा राष्ट्रिय सहकारी महासंघ नेपालका सञ्चालक बद्री प्रसाद लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । साधारण सभामा संस्थाका अध्यक्ष अर्यालले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष एवम् ऋण उपसमिति संयोजक विरेन्द्र प्रसाद ढुंगानाले आर्थिक प्रतिवेदन तथा प्रस्तावित बजेट र लेखा सुपरिवेक्षण समिति संयोजकले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तूत गर्नुभएको थियो ।
२ हजार २२ सेयर सदस्य रहेको संस्थाको सेयर पुँजी ३ करोड ४१ लाख रुपैयाँ रहेको अध्यक्ष अर्यालले बताउनुभयो । संस्थाको बचत १६ करोड ८५ लाख रहेको उहाँले जानकारी दिनुभयो ।
साधारण सभाको अवसरमा संस्थाले जेष्ठ सदस्य, नियमित उत्कृष्ट मासिक बचतकर्ता, नियमित किस्ता बुझाउने, एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी लगायत विभिन्न शीर्षकमा सम्मान समेत गरेको थियो ।