नेपालमा लगानी हिजो,आज र भोलि विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्वर्णिम खबर
१३ पुष २०८१, शनिबार १७:३७

१३ पुस, हेटौँडा । नेपाल उद्योग व्यापार महासंघ, मकवानपुरको आयोजनामा प्रदेश राजधानी हेटौंडामा नेपालमा लगानी हिजो, आज र भोलि विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
कार्यक्रममा डिपी ढकालले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । ढकालले प्रस्तूत गर्नुभएको कार्यपत्रमा सूचना प्रविधि, जलश्रोत, कृषि तथा पशुपालन र भूमि, पर्यटन, औद्योगिककरण र व्यापार, वैदेशिक लगानी लगायतका विषय समेटिएका थिए ।
कार्यपत्र प्रस्तूत गर्दै ढकालले नेपालको अर्थतन्त्रमा नया सुधारको आवश्यकता रहेको बताउनुभयो । राज्य संरक्षित औद्योगिकरण र कृषि अबको मूल अर्थनीति हुनुपर्नेमा उहाँको जोड थियो । निजी क्षेत्रले नसक्ने क्षेत्रमा राज्य आफैले लगानी गर्नुपर्ने उहाँको कार्यपत्रको निष्कर्ष थियो ।
कार्यपत्रमाथि नेपाल उद्योग व्यापार महासंघ बागमति अध्यक्ष डिल बहादुर कर्माचार्य, केन्द्रिय सल्लाहकार अरुणराज सुमार्गी, प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी लगायतले परिचर्चा गर्नुभएको थियो ।
नेपाल उद्योग व्यापार महासंघ, मकवानपुरका अध्यक्ष जगदिश दाहालको अध्यक्षतामा भएको कार्यक्रममा बागमति प्रदेशकी पूर्व सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*