गणपति सहकारीको १३ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्णिम खबर
६ पुष २०८१, शनिबार १८:५३

६ पुस, हेटौँडा । हेटौँडा–२ मानसचोक स्थित गणपति बाबा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ बार्षिक साधारण सभा तथा निशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।
हेटौडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा संस्थाका अध्यक्ष कमलराज मैनालीले अध्यक्षको प्रतिवेदन, सचिब झलक प्रसाद गौतमद्धार सचिवको प्रतिवेदन, कोषाध्यक्ष भिम प्रसाद तिमल्सिनाबाट आर्थिक आयव्यव विवरण, लोखा संयोजक सन्तोष पराजुलीबाट लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
सभामा प्रस्तुत भएका सबे प्रतिवेदन बन्दसत्रले पारित गरेको छ । कुल २ हजार ३ सय १३ शेयर सदस्य रहेको संस्थाको कुल शेयर पूँजी १ करोड ३५ लाख रहेको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ । निक्षेप हिसाब ६ करोड ७६ लाख, त्रृmण लगानी ७ करोड ७ लाख रहेको अध्यक्ष कमल राज मैनालीले जानकारी दिनुभयो । संस्थाले सामाजिक उत्तरदायित्व वहन कार्यक्रम अन्तर्गत साधारण सभा परिसरमा स्वास्थ्य शिविर समेत सञ्चालन गरेको छ ।
विगतका वर्ष झैं यस वर्षपनि संस्थाले उत्कृष्ट बचतकर्ता, असल क्रृणि, दैनिक बचतकर्ता लगायतलाई सम्मान गरेको छ । गणपति बाबा सहकारी अभियानकर्मी सम्मान तुलसी प्रसाद सँर्गैला र निर्मला अधिकारीलाई प्रदान गरिएको छ । टिम टेलिभिजनका सम्पादक बालकृष्ण अधिकारी सञ्चार तर्फ सम्मानित हुनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*