महिला उद्यमी समूह र सञ्चारकर्मीबिच अन्तरक्रिया
६ पुस, हेटौँडा । ग्रिन फाउन्डेसन नेपालको आयोजनामा बागमति प्रदेशको राजधानी हेटौंडामा महिला उद्यमी समूह र सञ्चारकर्मीबिच अन्तरक्रिया गरिएको छ ।
ग्रिन फाउन्डेसनद्धारा सञ्चालित तालिम लिएका उद्यमी समूह र मकवानपुरका सञ्चारकर्मीबिच शनिबार गैसस महासंघ मकवानपुरको हलमा अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा सहभागि महिला उद्यमीहरुले बजारिकरण र व्यवस्थापकीय अनुभव प्रमुख समस्या रहेको बताएका थिए । आफूले उत्पादन गरेका सामग्रीको निश्चित बजार नहुँदा समस्या परेको उनीहरुले बताएका छन् ।
चुलोचौकोबाट माथि उठेर बजार व्यवसायमा आबद्ध भैरहँदा चूनौति पनि उत्तिकै रहेको उनीहरुले बताएका छन् । कार्यक्रममा बोल्दै श्रमजीवि महिला काष्ठकला समूहकी अध्यक्ष विष्णु कुमारी राईले महिला समूहले उत्पालन गरेका सामग्री प्रगोगका लागि स्थानीय तहले नीति नै बनाएर जानुपर्ने बताउनुभयो । स्थानीय तहले स्थानीय स्तरमा उत्पादन हुने सामग्री अनिवार्य रुपमा प्रयोग गनुर््पर्नेमा उहाँको जोड थियो ।
लेबलिङ र प्याकिजिङ नहुँदा बनकरिया समुदायले उत्पादन गरेको अर्गानिक साबुनको बजारिकरण हुन नसकेको साबुन उद्योगकी अध्यक्ष सन्तोषी बनकरियाले बताउनुभयो ।
कार्यक्रममा बुङदmल आयआर्जन कृषि समूह र कञ्चनजङ्घा कृषि सहकारी महिला उद्यमी समूहले पनि आफ्नो अनुभव सुनाएका थिए । सो अवसरमा नेपाल पत्रकार महासंको निर्वाचनमा विजयी भएका प्रदेश समिति र जिल्ला समितिलाई बधाई तथा सम्मान गरिएको थियो ।
बनकरिया समुदायले बनाएको गिठ्ठाको माला र कञ्चनजङ्घा कृषि सहकारी महिला उद्यमीले बनाएको गुन्द्रुकको अचार मायाको चिनोको रुपमा प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार समहासंघ बागमति प्रदेश उपाध्यक्ष हरि हुँमागाई, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीले मन्तव्य राखेका थिए ।