इन्टर्नसिपमा विद्यार्थी छनौटमा डीनले एकलौटी निर्णय गरेको भन्दै विद्यार्थीको धर्ना

स्वर्णिम खबर
५ पुष २०८१, शुक्रबार १८:१३

५ पुस, हेटौँडा । इन्टर्नसिपमा छनौट भएका विद्यार्थीको नाम डीनले एकलौटी निर्णय गर्दै कटौति गरेको बिरोधमा उदयपुर कटारी स्थित प्राकृतिक श्रोत व्यवस्थापन कलेजका विद्यार्थीले वन विज्ञान संकाय डिनको कार्यालय, हेटौंडामा धर्ना दिएका छन् ।
हेटौंडा स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको सम्बन्धनबाट सञ्चालित कलेजको वन विज्ञान संकाय सातौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीले डिनको कार्यालय अगाडी धर्ना दिएका हुन् । लुम्बिनी प्रदेश सरकारले प्रदान गर्न लागेको इन्टर्नसिपमा छनौट भएका विद्यार्थीलाई सहभागि नगराई डिन डाक्टर गान्दिभ काफ्लेले आफूखुशी हेटौंडाका विद्यार्थीको मात्रै नाम पठाएको विद्यार्थीको आरोप छ । मंसिर २३ गते डिनको कार्यालयबाट इन्र्टनसिपका लागि ६ जना विद्यार्थीको नाम सिफासिर गरेर पठाउन कलेजलाई पत्राचार गरिएको थियो । सोही पत्रअनुसार सेमेस्टरमा प्राप्त जिपिए अनुसार कलेजले विद्यार्थीको नाम पठाएको थियो । तर डिनको कार्यालयले भने हेटौंडाबाट छनौटमा परेका विद्यार्थीको नाम मात्रै सूचना पाटीमा टाँस गरेको छ ।
इन्टर्नसिपका लागि छनौट भएर प्रक्रिया समेत अगाडि बढीसकेको अवस्थामा डिनको एकलौटि निर्णयले विद्यार्थीमा मानसिक असर परेको उनीहरुले बताएका छन् । प्रयोगात्मक अभ्यासबाट नै सिक्ने अवसर प्राप्त हुनेभएपनि त्यो अवसरबाट बञ्चित गराइएकोमा विद्यार्थीले आक्रोस पोखेका छन् ।
केही सेमेस्टरको परिक्षा सञ्चालन भैरहेकोले अहिले धर्नामा माात्रै बिरोधका कार्यक्रम सिमीत गरिएको बिद्यार्थीहरुले बताएका छन् । बिद्यार्थीका माग पूरा नगरे अर्को चरणको आन्दोलन गर्ने विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*