बागमती प्रदेश दुग्ध बिकास बोर्डको उपाध्यक्षमा चितवनका हरिप्रसाद पौडेल नियुक्त
२५ मंसिर, हेटौँडा । बागमती प्रदेशको दुग्ध बिकास बोर्डको उपाध्यक्षमा हरिप्रसाद पौडेल नियुक्त हुनुभएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले चितवन राप्ती नगरपालिका ७ का पौडेललाई उपाध्यक्षमा नियुक्त गरेको हो । बैठकले बागमती प्रदेश विश्यविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीलाई विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीमा मनोनित गर्न पनि सहमति प्रदान गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले कारागार कार्यालयमा लघु वित्त उद्यम कार्यक्रम सञ्चालनका लागि अख्तियारी दिने, संघीय सरकार अन्तर्गत रहेका निकायका लागि चालु आर्थिक वर्षको बजेट किताबमा भएका योजना कार्यान्वयनका संघ सरकारसँग सहमति लिने निर्णय गरेको मन्त्री लामिछानेले बताउनुभयो ।
बैठकले चालू खर्चमा २० प्रतिशत सम्म रकम खर्च कटौति गर्ने निर्णय पनि गरेको छ । विपतको समयमा अर्थ विविध शिर्षकबाट मात्रै खर्च गर्न नसकिने भएकाले सबै मन्त्रालयको चालू खर्च कटौति गर्ने निर्णय गरिएको मन्त्री लामिछानले बताउनुभयो ।
बैठकले अपांगता भएका व्यक्तिहरुको शसक्तिकरण कार्यक्रम कार्यान्यन कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संसोधन गर्न बनेको विद्येयक र प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धि ऐन २०७६ लाई संसोधन गर्न बनेको विद्येयकलाई प्रदेश सभामा लैजाने सैद्धान्तिक सहमति प्रदान गरेको प्रवक्ता लामिछानेले बताउनुभयो ।