जनकल्याणको २८ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्णिम खबर
२२ मंसिर २०८१, शनिबार १९:०४

२२ मंसिर, हेटौँडा । हेटौंडा उपमहानगरपालिका ६ स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २८ औँ साधारण सभा सम्पन्न भएको छ ।
वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आत्तिथ्यता तथा संस्थाका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा कार्यक्रम भएको हो । सभामा संस्थाका अध्यक्ष पौडेलले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष चेतनाथ खतिवडाले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक दिपन राज आचार्यले लेखा प्रतिवेदन, संयोजक श्याम प्रसाद भट्टराईले ऋण उपसमितिको प्रतिवेदन र रेखा गिरी मैनालीले महिला उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभामा विगतका वर्ष झै यस वर्षपनि विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । ज्येष्ठ नागरिक तर्फ सीतादेवी चौंलागाई र चेतनाथ गौतमलाई सम्मान गरिएको थियो । मासिक नियमित बचततर्फ भवानी अधिकारी, रामबहादुर राई, असल ऋणीतर्फ रिता कर्णेल र रमेश कुमार बाँनिया, उद्यमी व्यवसायी तर्फ गोपाल दाहाल र जमुनादेवी पराजुली सम्मानीत भएका छन् । सञ्चारकर्मी तर्फ भावना रिजाललाई नगद सहित सम्मान गरिएको थियो ।
यसैगरी संस्थाले संस्थापक सदस्य, नियमित बाल बचतकर्ता, समूह बचतकर्तालाई पनि सम्मान गरेको छ । एकै दिन सदस्यता लिएका ११ दम्पती जोडि पनि सभामा सम्मानित भएका छन् । यसका साथै एसईई परिक्षा, कक्षा १२ को परिक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका सन्ततिलाई पनि पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।
कुल २ हजार ४ सय ८१ जना शेयर सदस्य रहेको यस सहकारीको शेयर पूजीँ २ करोड ६० लाख, जगेडा कोष १ करोड ५५ लाख रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थाको वित्तिय लगानी २० करोड ११ लाख रहेको छ । २०५३ साल भाद्र २४ गते स्थापना भएको संस्थाको हाल कुल सम्पति ३० करोड भन्दा बढी रहेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*