बागमती प्रदेश लोकसेवा आयोगका सदस्य खड्काद्वारा शपथग्रहण
२१ मंसिर, हेटौँडा । बागमती प्रदेश लोकसेवा आयोगका नवनियुक्त सदस्य रामबहादुर खड्काले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
गत मंसिर १३ गते आयोगको सदस्य नियुक्त हुनुभएका खड्काले शुक्रबार प्रदेश प्रमुख कार्यालय हेटौँडामा पद तथा गोपनियताको सपथ लिनुभएको हो । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा र मुख्यमन्त्री बहादुरसिंह लामाको उपस्थितिमा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले सदस्य खड्कालाई शपथ गराउनुभएको थियो ।
प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा ऐनको दफा ४ को उपदफा (२) बमोजिम गत मंसिर १३ मा खड्का आयोगको सदस्यमा नियुक्त हुनुभएको थियो । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–५ निवासी खड्का प्राध्यापन क्षेत्रबाट आयोगको सदस्य नियुक्त हुनुभएको हो ।