१ सय ११ किलो गाँजासहित हेटौंडामा भारतीय नागरिक पक्राउ
१८ मंसिर, हेटौँडा । मकवानपुर प्रहरीले १ सय ११ किलो लागुऔषध गाँजासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरी चौकी लेवट बसामाडी मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा ३, तिनताप्केस्थित पुर्व–पश्चिम लोकमार्ग सडकखण्डमा उक्त परिमाणको गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतका मोतिहारी जिल्ला चैनपुर ढाका थाना बस्ने बर्ष ३० को महोमद समिर रहेको प्रहरीले जानकारी दिएको छ ।
मनहरीबाट वीरगंजतर्फ जाँदै गरेको बा १० च ५३३ नं. को योद्धा पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा गाडीको ढालामा बालुवा र मलले छोपि ल्याईएको सो परिणामको गाँजा बरामद भएपछि उनलाई पक्राउ गरिएको हो ।
पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।