हेटौंडामा पनि रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन लन्च

स्वर्णिम खबर
१२ मंसिर २०८१, बुधबार १७:०३

१२ मंसिर, हेटौँडा । अल्फा अटोमोटिभ प्रा.लि, नेपालले हेटौंडा सहित देशका २४ वटा सोरुम मार्फत् रोयल इन्फिल्ड क्लासिक ३५० सीसीको सिंगल्स एडिसन एकैपटक लञ्च गरेको छ ।
रोयल इन्फिल्ड ३५० सिसि इन्जिन क्षमताको डेर्जट स्यान्ड र मार्स ग्रे दुईवटा रङमा मोटरसाइकल बजारमा ल्याएको हो । रोयल इन्फिल्डर्सको हेटौँडाका लागि आधिकारिक विक्रेता ओम अटोमोवाइल्सले बुधबार एक कार्यक्रमका बीच सार्वजनिक गरेको हो । हेटौँडा–१० स्थित ओम अटोमोवाइल्सको शोरुममा हेटौँडा इन्फिल्डर्स मकवानपुरका अध्यक्ष राजक शाही र हेटौँडा लेजेन्ट्सका अध्यक्ष विजय थापाले संयुक्तरुपमा क्लासिक ३५० सिग्नल सार्वजनिक गर्नुभएको हो ।
यो मोटरसाईकलमा भएको ३५० सीसीको एयर आयल कुल्ड इज्जिनले सहज पावर डेलिभरी बलियो टर्कका साथै अत्यन्तै परिष्कृत सवारीको अनुभव प्रदान गर्ने ओम अटोमोवाइल्सका प्रोप्राइटर दिविश गोविन्द जोशीले जानकारी दिनुभयो । यसको सिट नरम कुसनले बनेको फराकिलो भएका कारण लामो यात्राका लागि चालक र पछाडी बस्नेलाई समेत आरामदायी हुने उहाँले बताउनुभयो ।
यस मोडलमा नयाँ एग्रोनामिक्स, ग्रिप्स, रोटरी स्विच, इन्फो स्वीच र ओभल मास्टर सिलिन्डर लगायतको फिचर रहेको बताइएको छ । नयाँ क्लासिक सिग्नल एडिसनले परस्परा र नवीनताबीचको सन्तुलनलाई उत्कृष्ट रुपमा प्रस्तुत गरेको कम्पनीको दाबी छ । यसको मूल्य ५ लाख ५५ हजार ७ सय राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*