पत्रकार शर्माको भिक्षु, व्यापार र विद्रोह र हिमालपारिको हुरी कृतिमाथि हेटौंडामा विमर्श
७ मंसिर, हेटौँडा । पत्रकार सुधीर शर्माका दुई कृति भिक्षु, व्यापार र विद्रोह र हिमालपारिको हुरी माथि हेटौंडामा विमर्श गरिएको छ ।
गत भदौ महिनामा प्रकाशनमा आएको शर्माका दुई कृतिमाथि शुक्रबार विद्यार्थी, पाठक एवं प्राज्ञिक व्यक्तिहरुको उपस्थितीमा विमर्श गरिएको हो । शर्माको पुस्तक भिक्षु, व्यापार र विद्रोहले नेपाल, भारत र चीन बिचको सम्बन्धको बारेमा उल्लेख गरिएको छ भने हिमालपरिको हुरी नेपाल र चीन सम्बन्धको विषयमा केन्द्रित रहेको छ । लेखक शर्माले नेपालले चीन र भारत दुबै देशलाई बुझ्न जरुरी रहेको आवश्यकता औंल्याउनुभयो । भारतसँगको खुला सिमाना, भाषागत, साास्कृतिक लगायतका कारण भारत बुझ्न सहज भएतापनि चीनलाई बुझ्न कठिन रहेको धारणा राख्नुभयो ।
लेखक शर्माले चीनसँगको बेल्ट एण्ड रोड बीआरआइ सम्झौता नेपालका निम्ति उपयुक्त रहेको बताउनुभयो । नेपालमा मात्रै नभई विश्वका सय भन्दा बढी देशले बीआरआई सम्झौता गरेको उल्लेख गर्दै लेखक शर्माले ६ वर्षअघि हस्ताक्षर भैसकेको योजना कार्यान्वयनमा जादा नेपाललाई कुनै फरक नपर्ने धारणा राख्नुभयो ।
साहित्यकार घनश्याम घिमिरेले कायृक्रमको सहजीकरण गर्नुभएको थियो । भूराजनीति, कुटनीति लगायतका विषयमा लेखन रुचि राख्ने शर्माको यसअघि प्रयोगशाला कृति प्रकाशनमा आएको थियो ।