युक्रेन युद्ध पश्चिमबाट उक्साइएको होः राष्ट्रपति पुटिन
७ मंसिर, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध पश्चिमबाट उक्साइएको बताउनुभएको छ ।
रूसको कुस्र्क र ब्रायनस्क क्षेत्रमा पश्चिमी मिसाइलहरूद्वारा आक्रमण गरेपछि विश्वव्यापी रुपमा द्वन्द्व फैलिनसक्ने बताउनु भयो । रुसी राष्ट्रपतिले युक्रेन युद्ध नरोकिए रुसले निर्णायक जवाफ दिने चेतावनी दिनुभयो । उहाँले रुसको विरुद्धमा हतियार प्रयोग गर्ने देशकोविरुद्ध हतियार प्रयोग गर्ने अधिकार रुससँग रहेको बताउनु भयो ।
अन्तर्राष्ट्रिय सुरक्षा प्रणालीलाई ध्वस्त गर्ने रुसले नभइ संयुक्त राज्य अमेरिकाले भएको बताउनु भयो । उहाँले शत्रुको कारबाहीका लागि रुसले नयाँ मध्यम दूरीको ब्यालेस्टिक मिसाइल ओरेश्निकको सफल परीक्षण गरेको पुष्टि गर्नुभयो ।