लोक संगीत चौतारी मकवानपुरद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम
१४ कार्तिक, हेटौंडा । लोक संगीत चौतारी मकवानपुरले नेपालीहरुको महान पर्व तिहार तथा छठको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
संस्थाकी अध्यक्ष निशा तिमल्सिनाको सभाध्यक्षतामा हेटौंडा–२ वनसखण्डी मन्दिरको सभाहलमा कार्यक्रम भएको हो ।
पि.एम सेन्टरका अध्यक्ष एवम् ज्येष्ठ नागरिक समाज, मकवानपुरका सचिव प्रवेन्द्र महर्जनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका वडा अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, लोक दोहोरी प्रतिष्ठान मकवानपुरका प्रतिनिधि, संगितकर्मी संघका प्रतिनिधि, वनस्खण्डी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष, विभिन्न लोक भजन तथा खैजडी भजन समूहका प्रतिनिधि, मकवानपुर जिल्लामा रहेका कला केन्द्रका प्रतिनिधी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
कला र गलालाई मान, बृद्धबृद्धालाई सम्मान, भोकालाई खाना र नाङ्गालाई नाना भन्ने नाराका साथ स्थापना भएको संस्थाले २०७९ सालदेखि नेपाली मौलिक लोक संस्कृति संरक्षण एवं प्रर्वद्धनका लागि कार्य गर्दै आएको छ ।
संस्थाले हरेक शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म भुटनदेवी मन्दिर परिसरमा भक्ति संगित र दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म वनस्पति मन्दिरको प्राङ्गणमा लोक संगित सम्बन्धि कार्यक्रम नियमित गर्दै आइरहेको चौतारीकी अध्यक्ष निशा तिमल्सिनाले बताउनुभयो ।