अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न संयुक्त राष्ट्रका महासचिवको आह्वान
८ कार्तिक, एजेन्सी । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सुधारिएको अन्तर्राष्ट्रिय वित्तीय संरचनाको लागि आग्रह गर्नुभएको छ ।
अफ्रिका महादेशको विकास चुनौतीहरू सम्बोधन गर्न अफ्रिकालाई बलियो आर्थिक सहयोग विस्तार गर्ने आवश्यकतालाई जोड दिनुभयो । इथियोपियाको राजधानी अदिस अबाबामा रहेको एयू मुख्यालयमा भएको सम्मेलनको नतिजाबारे अफ्रिकी युनियन ( आयोगका अध्यक्ष मौसा फकी महामतसँगको संयुक्त ब्रिफिङमा गुटेर्रेसले अफ्रिकाले इतिहासमा गहिरो जरा गाडेका चुनौतीहरूको सामना गरिरहेको बताएउनु भयो ।
महासचिवले वर्तमान वैश्विक संस्थाहरू एक समयमा निर्माण गरिएको थियो जब अफ्रिकाको अधिकांश औपनिवेशिक शासनमा थियो ।