मुख्यमन्त्री लामा र योजना आयोगका उपाध्यक्षबीच कार्यसम्पादन करार सम्झौता

स्वर्णिम खबर
७ कार्तिक २०८१, बुधबार १३:४१

७ कार्तिक, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा र प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गंगादत्त नेपालबीच कार्यसम्पादन करार सम्झौता भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बुधबार मुख्यमन्त्री लामाले चालु आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्वीकृत कार्यक्रमहरुको कार्य सम्पादनलाई प्रभावकारी र नतिजामुखी बनाउन आयोगका उपाध्यक्ष नेपालसंग कार्यसम्पादन सम्झौता गर्नुभएको हो । प्रदेश नीति तथा योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश २०७५ बमोजिम कार्यसम्पादन करार सम्झौता गरिएको हो ।


सम्झौता पछि मुख्यमन्त्री लामाले पहुँचका आधारमा योजना छनोट गर्ने परिपाटीको अन्त्य गरी आयोजना बैंक मार्फत योजना छनोट गर्न आयोगले काम गर्नेमा सरकार विश्वस्त रहेको बताउनुभयो ।
यसैगरी आयोगका उपाध्यक्ष डा.नेपालले आयोजना बैंक स्थापना र लगानी सम्मेलनलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
गत भाद्र २६ गतेको मन्त्रीपरिषद् बैठकले नेपाललाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*