सीमाचोकमा रहेको डिजिटल बोर्डबाट ‘इन्ड पोलियो नाउ’ लेखिएको सन्देश प्रशारण गरिने

स्वर्णिम खबर
६ कार्तिक २०८१, मंगलवार १९:०५

६ कार्तिक, हेटौँडा । रोटरी क्लब अफ मकवानपुरले यसवर्ष पनि पोलियो दिवसमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै रोटरी क्लब अफ हेटौंडा र रोटरी क्लब अफ मकवानपुरको संयुक्त आयोजनामा आउँदो अक्टोबर २४ अर्थात कार्तिक ८ गते विहिबार हेटौंडामा पोलियो दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिन लागेको जानकारी दिइएको हो ।
कार्यक्रमको पहिलो दिन कार्तिक ७ गते हेटौंडामा अवस्थित संघसंस्था, होटलहरुमा पोलियो सम्बन्धि सुचनामुलक ब्यानर राखिने रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अनिल कुमार अग्रवालले जानकारी दिनुभयो ।
यसैगरी कार्तिक ८ गते विहिबार विहान ७ वजे साईकल ¥यालीको आयोजना गरिनेछ । मकवानपुर उद्योग वाणिज्य संघ देखि सुरु हुने साईकल याली नगर परिक्रमा गरी समापन गरिने अध्यक्ष अग्रवालले जानकारी दिनुभयो । सोहि दिन हेटौंडाको सीमाचोकमा रहेको डिजिटल बोर्डबाट ‘इन्ड पोलियो नाउ’ लेखिएको जानकारीमुलक सुचना सामग्री प्रसारण गरिनेछ भने बेलुकी हेटौंडाको बुद्धचोकमा दिप प्रज्वलन गरी कार्यक्रमको समापन हुने छ ।
नेपालमा हाल १ सय ६१ वटा रोटरी क्लवहरु स्थानीय स्तरसँगै राष्ट्रिय स्तरमा समेत विभिन्न सेवामूलक कार्यहरु गर्दै आएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*