माल्दिभ्सको पोस्टमा नेपालको गोलको वर्षा, रेखा एक्लैले गरिन् ५ गोल

स्वर्णिम खबर
५ कार्तिक २०८१, सोमबार २०:२२

५ कार्तिक, काठमाडौँ । साफ महिला च्याम्पियशिप फुटबलमा नेपालले माल्दिभ्सविरुद्ध शानदार जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले माल्दिभ्सलाई ११–० को फराकिलो अन्तरले पराजित गर्दै पहिलो जीत दर्ता गरेको हो । नेपालका लागि रेखा पौडेलले ह्याट्रिक सहित पाँच गोल गरिन् । यस्तै प्रीति राईले पनि ह्याट्रिक गरिन् । सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले एक–एक गोल गरिन् । पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा ५ गोल थपेको थियो ।
जीतसंगै नेपाल दुई खेलबाट ४ अंक जोड्दै समूह बी को शीर्ष स्थानमा उक्लेको छ । नेपालले आफ्नो पहिलो खेलमा भुटानसंग गोलरहित बराबरी खेलेको थियो । लगातार दुई खेल हारेपछि माल्दिभ्सको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।
नेपालले समूहको अन्तिम खेल श्रीलंकासँग बिहीबार खेल्नेछ भने माल्दिभ्सले सोही दिन भुटानको सामना गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*