हेटौंडा जेसीजको जेसीज सप्ताह मंगलबारबाट सुरु हुने

स्वर्णिम खबर
५ कार्तिक २०८१, सोमबार १६:४७

५ कार्तिक, हेटौँडा । हेटौँडा जेसीजको जेसीज सप्ताह २०२४ मंगलबारबाट सुरु हुने भएको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै मंगलबारदेखि ९ गतेसम्म विविध कार्यक्रम गरी सप्ताहव्यापी कार्यक्रम गर्न लागिएको जानकारी दिइएको हो । कार्तिक ६ गते साईकल रेश प्रतियोगिता गर्दै सप्ताहव्यापी कार्यक्रमको उद्धाटन गरिने हेटौँडा जेसीजका अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।
हेटौंडा– ५ सिँचाई टोल देखि सुरु हुने साईकल रेश मनकामना मन्दिर सम्म पुगेर समाप्त हुने छ । सोहि दिन अन्तर हेटौंडा जेसीज वक्तृत्वकला प्रतियोगिता, कार्तिक ७ गते शैक्षिक सामाग्री वितरण, कार्तिक ८ गते रक्तदान कार्यक्रम, स्लो मोटरसाईकल रेश प्रतियोगिता र लागुपदार्थ दुव्र्यसनी जागरुकता कार्यक्रम आयोजना गरिने भएको छ ।
कार्यक्रम जेसी विवेक आनन्द न्यौपाने र आतिस दाहालको संयोजकत्वमा हुने भएको छ । अन्तिम दिन कार्तिक ९ गते पुरस्कार र प्रमाणपत्र वितरण गरी कार्यक्रमको समापन गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । गत वर्षहरुमा साताव्यापी कार्यक्रम सातै दिन गरिएकोमा यसवर्ष ४ दिनमा ७ वटा कार्यक्रमहरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*