बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठ नियुक्त

स्वर्णिम खबर
४ कार्तिक २०८१, आईतवार १४:४२

४ कार्तिक, हेटौँडा । बागमती प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त हुनुभएको छ ।
बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले आईतबार श्रेष्ठलाई प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा दफा ४ को उपदफा (४) बमोजिम नियुक्त गर्नुभएको हो ।
श्रेष्ठ नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ निवासी हुन् । उहाँले बिहीवार मात्रै सरकारी सेवाबाट अवकाश पाउनुभएको थियो । श्रेष्ठ लुम्बिनी प्रदेशको बुटवलस्थित स्वास्थ्य तालिम केन्द्रको निर्देशक पदमा कार्यरत रहनुभएको थियो । उहाँ ११ औं तह सहसचिव हुन् ।
श्रेष्ठलाई लोक सेवा आयोगको अध्यक्ष नियुक्त गर्न मुख्यमन्त्री बहादुर सिं लामा, सभामुख भुवनकुमार पाठक र विपक्षी दलका नेता शालिकराम जम्मकट्टेल सम्मिलित ३ सदस्यीय समितिले सिफारिस गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*