देशमा सबैभन्दा बढी भ्रष्टचार गर्ने व्यक्ति केपी ओली नै होः रवि लामिछाने

स्वर्णिम खबर
४ कार्तिक २०८१, आईतवार १४:२५

४ कार्तिक, काठमाडौँ । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाउनुभएको छ ।
आईतवार कास्की जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराइने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । आफूलाई जस्तै डेढ वर्ष लगाएर प्रधानमन्त्री ओलीमाथि छानविन गर्ने हो भने देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्त केपी ओली हुने उहाँको आरोप थियो ।
ओली प्रधानमन्त्री बन्नु देशका लागि दुर्भाग्य भएको सभापति लामिछानेलेबताउनु भयो । उहाँले सरकारबिरुद्ध सबै जना देशभरबाट आन्दोलनमा उत्रिन आह्वान गर्नुभयो । केपी ओलीको सरकार रहेसम्म देशले धेरै दुःख पाउने बताउनु भयो । उहाँले ओलीको शासन सत्ता रहेसम्म यस्ता अपराध भइरहने बताउनु भयो ।
उहाँले आफूलाई झुटो मुद्दामा फसाइएको भन्दै अदालतले न्याय दिने बताउनु भयो । सहकारीको रकम ठगी गरेको आरोपमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रवार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*