मकवानपुरमा बलात्कारको आरोपमा श्रीमान पक्राउ, २ जना फरार

स्वर्णिम खबर
३ कार्तिक २०८१, शनिबार १९:१३

३ कार्तिक, हेटौँडा । श्रीमान् समेतको संलग्नतामा मकवानपुरकी एक महिला सामूहिक बलात्कार पीडीत बनेकी छिन् ।
सामुहिक बलात्कारको आरोपमा मकवानपुर प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको छ । घटनामा संलग्न अन्य दुई युवक भने फरार छन् । मनहरी गाउँपालिका–वडानम्बर ५ की ३१ वर्षीया महिलालाई असोज ३० गते बेलुका आफ्नै घरमा सामूहिक बलात्कार भएको थियो ।
पीडित महिलाले कात्तिक १ गते छिमेकका अन्य २ जना युवक सहित श्रीमान बिरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएकी थिइन् । पीडीत महिलाको उजुरीको आधारमा प्रहरीले उनको श्रीमानलाई कार्तिक १ गते नै पक्राउ गरेको हो । घटनामा संलग्न अन्य दुई युवाको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*