माओवादी पार्टीहरुलाई एकतावद्ध गरिन्छः अध्यक्ष दाहाल

स्वर्णिम खबर
३ कार्तिक २०८१, शनिबार १७:२५

३ कार्तिक, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादीबाट अलग भएका सबै पार्टीहरुलाई एकतावद्ध गर्ने संकल्प लिएको बताउनुभएको छ ।
शनिवार चितवनमा आयोजित एक कार्यक्रममा उहाँले माओवादी धारका सबै राजनीतिक पार्टीहरुलाई एकतावद्ध गराएर २०८४ सालको निर्वाचनमा माओवादी पार्टीलाई २०६४ सालको परिणाममा फर्काउने दावी गर्नुभएको हो ।
अध्यक्ष दाहालले समाजवादको उत्पादन आधार तयार पार्नका लागि पनि माओवादी धारबाट अलग भएका सबै पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको जिकिर पनि गर्नुभयो । एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरु एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको उहाँको भनाई छ ।
अध्यक्ष दाहालले आफूहरु शान्ति सम्झौतामा आउदा गणतन्त्रमा जाने सहमति भएपनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरुको गणतन्त्र बनाउने भन्ने विषयमा कुनै बिन्दुमा पुगेर संघर्ष हुन्छ भन्ने विश्लेषण गरिएको उल्लेख गर्दै अब त्यो बिन्दु आएको बताउनु भयो ।
विगतमा समाजवादको आधार निर्माणका लागि उत्पादन ब्रिगेड बनाएर जाने योजना कार्यान्वयन गर्न नसकेर पार्टीले गल्ती गरेको स्वीकार गर्दै अध्यक्ष दाहालले अब त्यस्तो गल्तीबाट पाठ सिकेर अघि बढ्ने पनि बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*