प्रदेश लोकसेवा आयोगका सदस्य ढकालले दिए राजीनामा

स्वर्णिम खबर
२ कार्तिक २०८१, शुक्रबार १७:१३

२ कार्तिक, हेटौँडा । बागमती प्रदेश लोकसेवा आयोगका सदस्य सुदर्शनप्रसाद ढकालले पदबाट राजीनामा दिनुभएको छ ।
प्रदेश सरकारले आफूभन्दा कनिष्ठलाई प्रदेश लोकसेवा आयोगको अध्यक्ष नियुक्त गरेको भन्दै असन्तुष्टि जनाउँदै ढकालले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष शुक्रबार राजीनामा दिनुभएको हो ।
प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ६(क) बमोजिम कार्तिक ११ गतेदेखि लागू हुने गरी सदस्य पदबाट राजीनामा दिएको ढकालले बताउनुभयो । प्रदेश सरकारले सहसचिव तहको व्यक्तिलाई आयोगको अध्यक्ष नियुक्त गरेकाले आफूले राजीनामा दिएको ढकालले बताउनुभयो ।
यता प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले आयोगको अध्यक्ष कसलाई बनाउने भनेर छलफल भएको तर टुंगोमा नपुगेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*