चीनद्वारा नयाँ पृथ्वी अवलोकन उपग्रह प्रक्षेपण

स्वर्णिम खबर
१ कार्तिक २०८१, बिहीबार ११:२२

१ कार्तिक, एजेन्सी । चीनले उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ पृथ्वी अवलोकन उपग्रह अन्तरिक्षमा पठाएको छ ।
गाओफेन–१२ ०५ स्याटेलाइट बिहान ७ः४५ मा (बेइजिङ समय) लङ मार्च–४सी क्यारियर रकेटमा प्रक्षेपण गरिएको थियो । योजनाबद्ध कक्षमा सफलतापूर्वक प्रवेश गरेको बताइएको छ । यो भूमि सर्वेक्षण, शहरी योजना, सडक सञ्जाल डिजाइन, बाली उत्पादन अनुमान र विपद् राहत लगायतका विभिन्न क्षेत्रमा प्रयोग गरिनेछ ।
प्रक्षेपण लङ मार्च क्यारियर रकेट श्रृंखलाको ५४० औं उडान मिसन हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*