हेटौंडाको भुटनदेवी र बनस्खण्डी मन्दिरमा फुलपाती भित्राईयो

स्वर्णिम खबर
२४ आश्विन २०८१, बिहीबार १९:०९

२४ असोज, हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित भुटनदेवी मन्दिरमा फुलपाती भित्राइएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित गोरेक्षश्वर मन्दिरमा राखिएको जमरासहितको शोभायात्राको टोलीले स्थानीय भुटनदेवी मन्दिरको दसैँघरमा आज बिहान धार्मिक विधि अनुसार फूलपाती भित्राइएको हो । नेपाली सेनाको म्याउली बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजा, झाक्री र धार्मिक भक्तजनहरु सम्मिलीत शुभयात्राले फुलपाती भित्राइएकोे हो ।
फुलपातीको यात्रा गोरक्षेश्वर धामबाट बुद्धचोक, सिमाचोक, वाईपास रोड हुँदै भुटनदेवी मन्दिर पुगेको थियो । यसैगरी हेटौंडा–२ बनस्खण्डी मन्दिरको दसैँघरमा पनि फूलपाती भित्याइएको भुटनदेवी मन्दिर व्यवस्थापन तथा धार्मिक पर्यटन विकास समितिका अध्यक्ष राममान श्रेष्ठले बताउनुभयो ।
नेपाली सेनाको म्याउली बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजा, झाक्री र धार्मिक भक्तजनहरु सम्मिलीत शुभयात्राले फुलपाती भित्र्याइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*