पालुङको ऐतिहासिक दशै घरमा फुलपाती भित्राईयो

स्वर्णिम खबर
२४ आश्विन २०८१, बिहीबार १९:०७

२४ असोज, हेटौँडा । पालुङको ऐतिहासिक दशै घरमा फुलपाती भित्र्याइएको छ ।
मकवानपुरको आग्राबाट फुलपाती ल्याएर थाहानगरको पालुङ स्थित दशै घरमा भित्र्याउने परम्परा अनुसार बढाई सहित फुलपाती भित्र्याइएको हो । नगरका जनप्रतिनीधिहरुको उपस्थितीमा इलाका प्रहरी कार्यालय पालुङले शुभ साइतमा बढाई गरी दशै घरमा फुलपाती भित्र्याइएको हो ।
आग्राको चल्तीबाट अर्यालहरुले पालुङको मत्स्य नारायणसम्म बेलपत्र सहितको फुलपाती ल्याउने र त्यहाँबाट स्थानीय मगर, नेवार, भुजेल, ब्राम्हण सहितको सातजना कर्ताहरुले पालुङको फुलपाती चौरसम्म बाजागाजा सहित ल्याउने परम्परा छ । शुभ साइतको बढाईको कार्यक्रमलाई इलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबू अर्यालले संयोजन गर्नुभएको थियो ।
परापूर्व कालदेखिदेखि नै संचालन हुँदै आएको परम्परालाई थाहा नगरपालिकाले पनि सहयोग गर्दै आएको छ । यस संस्कृति र परम्परा जोगाउँदै धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा नगरलाई विकास गर्न समेत सघाउ पुग्ने भएकोले पुरानो परम्परा ब्युताउन सहयोग पुग्ने नगर प्रमुख विष्णु विष्टले बताउनुभयो ।
फुलपाती भित्र्याउने कार्यक्रममा नगर प्रमुख विष्ट सहित थाहा–२ का वडा अध्यक्ष बम बहादुर सिन्तानको विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा वडा सदस्यहरु, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबू अर्याल, पूर्व जनप्रतिनीधि श्यामभक्त श्रेष्ठ तथा पत्रकार र सुरक्षा निकाय लगायत स्थानीयको उपस्थिती उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*