पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्ंकरबाट गाजा बरामद

स्वर्णिम खबर
२२ आश्विन २०८१, मंगलवार १४:०५

२२ असोज, हेटौँडा । मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरभित्र लुकाई राखिएको गाजा बरामद गरेको छ ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेबाट मंगलबार बिहान गाजा सहितको ट्यांकर नियन्त्रणमा लिएको हो ।
पालुङबाट बिरगंज तर्फ जादै गरेको ना ७ ख १७७१ को ट्याङकर गाडीलाई बिशेष सुचनाको आधारमा रोकी चेकजाँच गर्ने क्रममा तीन सय ९२ केजी लागूऔषध गाँजा बरामद गरिएको मकवानपुरका प्रहरी प्रवक्ता श्याम अर्यालले जानकारी दिनुभयो ।
प्रहरीले ट्याङकर चालक मनहरी गाउँपालिका वडा नं. ९ ज्यामिरे बस्ने बर्ष २६ का रोशन पुरी र सोही स्थानका सहचालक वर्ष २२ का धन बहादुर मल्ललाई पक्राउ गरेको छ । ट्याङकरको पाँचवटा डिब्बाहरु मध्ये ३ नम्बको डिब्बाभित्र २५ वटा पोका बनाई रातो प्लाष्टिकले बेरेको अवस्थामा गांजा फेला परेको प्रहरी प्रवक्ता अर्यालले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*