कान्ति लोकपथ आजदेखि सञ्चालनमा

स्वर्णिम खबर
२२ आश्विन २०८१, मंगलवार १२:२५

२२ असोज, हेटौँडा । बाढी पहिरोको कारण १० दिनदेखि ठप्प रहेको कान्ति लोकपथ आजदेखि सञ्चालनमा आएको छ ।
द्रुत मार्ग निर्माण गरिरहेको नेपाली सेनाको सहयोग लिएर मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको बागमती गाउँपालिकाले बगुवामा ४ वटा ह्युमपाइप हालेर अस्थायी सडक बनाएका छन् ।
भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले मंगलबार बिहानबाट हलुका सवारी चल्न थालेको जानकारी दिए । बागमती गाउँपालिकाका स्थानीय प्रकाश लामाकाअनुसार त्यहाँनेर सडक साँघुरो र एकतर्फी भएकाले हलुका सवारी मात्रै सञ्चालन गरिएको छ ।
उक्त लोकपथ मार्गमा सवारी आवागमन सुचारु गर्न नेपाली सेनाले अन्य निकायको सहयोगमा २ स्थानमा करिव ८०० मिटरको बाँध निर्माण गरी बागमती नदी डाइभर्सन तथा निर्माण गरेको छ ।
यसै गरी ३२० मिटर लम्बाइको नयाँ ट्रयाक निर्माण गर्नुका साथै बागमती नदीमा करिव ४० मिटर लम्बाइको मार्ग निर्माण गरी पुलसम्म सडक जोडिएको छ ।
कान्ति लोकपथ सञ्चालन आएसँगै हेटौँडा र काठमाण्डौलाई जोड्ने सबै सडक सञ्चालनमा आएका छन् । हेटौँडा–काठमाण्डौ जोड्ने छोटो दूरीका हेटौँडा–फाखेल–काठमाण्डौ, हेटौँडा–कुलेखानी–चखेल–मातातीर्थ, हेटौँडा–कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरि–काठमाण्डौ सडक यसअघि नै सञ्चालनमा आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*