मकवानपुर जिल्लाको ३ स्थानमा सशस्त्रको हेल्प डेस्क
२० असोज, हेटौँडा । चाडपर्वलाई लक्षित सडक सुरक्षालाई मध्यनजर गदै सशस्त्र प्रहरी बल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरले जिल्लाका ३ स्थानमा हेल्प डेस्क स्थापना गरेको छ ।
दुर्घटना जोखिम हुने स्थान इन्द्रसरोवर गाउँपालिकाको हेवी, हेटौंडा उपमाहनगरपालिका १० बसपार्क र हेटौंडा १५ चुरियामाईमा हेल्प डेस्क स्थापना गरिएको सशस्त्र प्रहरी उपरिक्षक ज्ञानप्रसाद भुर्तेलले जानकारी दिनुभयो ।
नेपालीहरुको महान् पर्व दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै नागरिकको सुरक्षा एवं सहायताका लागि डेस्क स्थापना गरिएको उहाँले बताउनुभयो । हेल्प डेस्कमा २४ सैं घण्टा सशस्त्र प्रहरी तैनाथ हुनेछन् । प्रत्येक हेल्प डेस्कमा ११ जना सुरक्षकर्मी रहने बताइएको छ ।