नवनियुक्त प्रधानन्यायाधीश राउतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

स्वर्णिम खबर
२० आश्विन २०८१, आईतवार १६:२४

२० असोज, काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति भवन शितल निवासमा आईतवार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले आफ्नो पद तथा गोपनीयताको शपथ लिनुभएको हो । राष्ट्रपति पौडेलले राउतलाई आईतवार नै प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको हो ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री, उपसभामुख, मन्त्रीहरू, सर्वोच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*