कामघेनु सहकारीमा पुनः विडारीकै नेतृत्व, टिम टिभीका स्टेशन म्यानेजर दुलाल सम्मानित

स्वर्णिम खबर
१९ आश्विन २०८१, शनिबार १८:१६

१९ असोज, हेटौँडा । हेटौंडा ६ चुच्चेखोला स्थित कामधेनु बहुउद्देश्यीय सहकारी संस्थाको २६ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनले आगामी ४ वर्षका लागि पुनः उदय विडारीकै नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा केशव धिताल र सदस्यहरुमा अम्बिका सापकोटा, गीता न्यौपाने, श्यामलाल श्रेष्ठ, रमेशकुमार थापा, चित्रकुमार गौतम, कविराज पुडासैनी र कल्पना पराजुली चयन भएका छन् ।
सहकारीले आर्थिक वर्ष २०८०÷८१ मा तीन करोड २२ लाख २२ हजार रुपैयाँको कुल कारोबार गरेको छ । त्यस्तै ३३ लाख ४२ हजार शेयर पुजीँ रहेको संस्थामा ७ लाख २७ हजाररुपैयाँ जगेडा कोष रहेको संस्थाका व्यवस्थापक भीमसेन पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा सहकारीले टिम टेलिभिजनका स्टेशन म्यानेजर रामशरण दुलाललाई दोसल्ला ओढाएर नगद सहित सम्मानपत्र प्रदान गरेको थियो ।


यस्तै सहकारीले संस्थापक शेयर सदस्य, जेष्ठ सदस्य, एकल महिला सदस्य, उत्कृष्ट व्यवसायी सदस्य, बढी ब्याज बुझाउने, बढी सेवा शुल्क बुझाउने, खुत्रुकेमा बढी बचत र नियमित बचत गर्ने, एसईईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई समेत सम्मान गरिएको थियो । त्यस्तै जोडी सम्मानमा कृष्णप्रसाद घोरासैनी र राधिका सापकोटा, नवराज पौडेल र जीवकुमारी पौडेललाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष उदय विडारीको सभाध्यक्षता तथा हेटौंडा ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य विजय पौडेल, हेटौंडा उपमहानगरका उद्योग, पर्यटन तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, जनकल्याण साकोसका अध्यक्ष हिमाल पौडेल, नेपाल पत्रकार महासंघ प्रदेश उपाध्यक्ष रुपेश दुलाल लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*