विपदबाट जोखिमयुक्त ४५ वटा पालिकालाई ५ करोड ८० लाख रुपैयाँ आर्थिक सहायता

स्वर्णिम खबर
१९ आश्विन २०८१, शनिबार १५:४९

१९ असोज, हेटौँडा । बागमती प्रदेश सरकारले विपद्बाट जोखिमयुक्त प्रदेशका ४५ वटा स्थानीय तहलाई ५ करोड ८० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने भएको छ ।
शनिबार बसेको मन्त्रीपरिषद् बैठकले अविरल वर्षाका कारण बाढीपहिरोले क्षति पु¥याएको ४५ वटा पालिकालाई तीन वटा क्लष्टर बनाएर प्रदेश सरकारले रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
७ वटा स्थानीय तहलाई २० लाख, १२ वटा स्थानीय तहलाई १५ लाख र २६ वटा स्थानीय तहलाई १० लाखका दरले रकम दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो । उक्त रकम सम्बन्धित पालिकाले राहत वितरण लगायत विपद्को क्षेत्रमा खर्च गर्न सक्ने गरी रकम निकासा गर्न लागिएको मन्त्री लामिछानेले बताउनुभयो ।
मन्त्रिपरिषद् बैठकले प्रदेश विपद् व्यवस्थापन कोषमा रकम न्यून रहेको भन्दै आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १० करोड ५० लाख रुपैयाँ निकासा गर्ने निर्णय पनि गरेको मन्त्री लामिछानेले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*