हिमाल महिला सहकारीको साधारणसभा सम्पन्न

स्वर्णिम खबर
१८ आश्विन २०८१, शुक्रबार १७:५१

१८ असोज, हेटौँडा । मकवानपुरगढी ३ मक्राञ्चुलीमा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाको २६ औ वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ ।
मकवानपुरगढी ३ का वडा अध्यक्ष भागवत घिमिरेको प्रमुख आतिथ्यता एवम संस्थाकी अध्यक्ष जानकी दाहालको सभाध्यक्षतामा साधारणसभा भएको हो ।
साधारणसभामा संस्था अध्यक्ष दाहालले संस्थागत प्रतिवेदन, लेखा समिति सदस्य शुभेच्छा दाहालले लेखा समितिको प्रतिवेदन र ब्यवस्थापक शुभद्रा घिमिरेले आव ०८१÷०८२ को अनुमानित आयब्यय विवरण पेश गर्नुभएको थियो ।
साधारणसभामा उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट ऋणी, असली बचतकर्ता, बाल बचतकर्ता लगायतलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा मकवानपुरगढी ४ का वडा अध्यक्ष बखान सिह पाख्रिन, मकवानपुरगढी गाउँपालिका सहकारी शाखा प्रमुख सूर्य बहादुर गुरुङ , मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ अध्यक्ष रामहरि न्यौपाने, मनकामना दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष अर्जुन प्रसाद दाहाल, जागरण सहकारीका अध्यक्ष शत्रुघन दुलाल लगायतको आतिथ्यता रहेको थियो । सहकारीको शेयर पूजी ३१ लाख ९० हजार निक्षेप ४ करोड ६६ लाख र कर्जा लगानी ५ करोड ६२ लाख रहेको ब्यवस्थापक शुभद्रा घिमिरेले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*