सुरक्षा व्यवस्था कायम राख्न हरसम्भवको प्रयास गरिने छः प्रहरी उपरीक्षक खड्का

स्वर्णिम खबर
१८ आश्विन २०८१, शुक्रबार १६:५०

१८ असोज, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जिल्लाको शान्ति सुरक्षा पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।
शुक्रबार कार्यालयमा आयोजित पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक खड्काले जिल्लामा भीआइपी र भीभीआइपीहरुलाई समेत मध्यनजर गर्दै सुरक्षा व्यवस्था कायम राख्न हरसम्भव प्रयास गरिने बताउनुभयो ।
लागूऔषध ओसारपसारको ट्रान्जिट बन्दै गएको मकवानपुरमा यसको नियन्त्रणका लागि विशेष पहल गर्ने उहाँले बताउनुभयो । मकवानपुरको प्रमुख नाका रातोमाटेमा विशेष कठोर सुरक्षा रणनीति अपनाएर कार्यान्वयनमा जाने समेत प्रहरी उपरीक्षक खड्काले प्रतिबद्धता जनाउनुभयो ।
प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै नगर क्षेत्रमा सिसि क्यामेरा जडानका लागि नगरप्रमुख मिना कुमारी लामा समक्ष आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।
पिडितलाई प्रतिकुल असर पार्ने बाहेकका सूचनाहरु उपलब्ध गराउन सञ्चारकर्मीले प्रहरी प्रशासन समक्ष आग्रह गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*