मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति ज्ञवालीद्वारा शपथग्रहण

स्वर्णिम खबर
१८ आश्विन २०८१, शुक्रबार १६:४२

१८ असोज, हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त डा. प्रदिप ज्ञवालीले शपथग्रहण गर्नुभएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले ज्ञवालीलाई शुक्रबार शपथग्रहण गराउनुभएको हो ।
कार्यक्रममा वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री, मन्त्री, सचिवहरू लगायतको उपस्थिति रहेको थियो । बुधबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले उपकुलपतिमा ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।


यसअघिका उपकुलपति रहेका प्रा.डा. विश्वराज जोशीको पदावधि सकिएपछि लामो समयदेखि प्रतिष्ठानमा उपकुलपति नियुक्त हुन सकेको थिएन । यसैगरी सपथग्रहण लगतै ज्ञवालीले प्रतिष्ठानको रजिस्ट्रारमा भिमसागर गुरागाई र संयोजकमा चिरञ्जीवी चुडाल नियुक्त गरी शपथसमेत गराउनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*